‘आफूलाई श्री ३ सम्झेर ओलीले झाँक्रीलाई पक्राउ गर्ने दुस्साहस गरे’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी आलीले आफूलाई श्री ३ सम्झेर रामकुमारी झाँक्री पक्राउ गर्ने दुस्साहस गरेको बताएका छन। शनिबार धनकुटामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड नेपाल समूहले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले झाँक्रीले प्रधानमन्त्री र राष्ट्रपतिले गलत गरेको भन्दा देशद्रोहको आरोप लगाएको र प्रधानमन्त्रीले संविधानको खिलाप कुकृत्यको उदण्ड मचाइरहेको आरोप लगाए।

नेपालले केपी ओलीले पार्टीलाई तमोर नदीमा बगाएर आफूचाहिँ उपरखुट्टी लगाएर बाँसुरी बजाएर बसेको आरोप पनि लगाए। ओलीले नेकपालाई सिध्याउन मात्रै लागेकाले आफूहरू ओलीविहीन पार्टीको परिकल्पनामा लागेको बताएका छन्। अध्यक्ष नेपालले आफुले इतिहासदेखि नै माले, एमाले र नेकपा बनाउन पहल गरेका बेला ओली कुनै भूमिकामा नहरेका कारण उनी पार्टी समूहभन्दा पनि व्यक्तिवादी भएका र कहिले पनि उनी नसुध्रिने नेपालले बताए।



ओलीलाई दानवीय करार गर्दै दुर्योधन नामकरण गराउन भ्याएका नेपालले बालुवा पेलेर तेल निक्लनु र ओली सुध्रनु एकै रहेको विराटनगरमा पनि सुनाए।

आन्दोलन गरि सत्ताच्यूत गर्न विरोधसभा गर्दै जनसमक्ष आउनुपरेको उनको भनाइ थियो। ओलीमा निरंकुशता हाबी भएको भन्दै प्रतिपक्ष नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नागरिक समाजलगायत सबै नेपाली जनता ओलीविरुद्ध आइसकेका नेपालको तर्क थियो। साथै ओलीको निरंकुशता चाँडै ढल्ने पनि अध्यक्ष नेपालले विश्वास दिलाए।

सम्बन्धित समाचार