नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ फागुन ।

आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले आज दिउँसो काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा फाट्टफुट्ट वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि हुन सक्ने भएकाले आज देशभरको तापक्रममा गिरावट आउन सक्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । आज बिहान ५:४५ को मापनमा काठमाडौंको तापक्रम ८ डिग्री सेल्सियस छ ।
महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा बुधबार रातिसम्म ठाउँठाउँमा हिमपातको पूर्वानुमान गरिएको छ । आगामी २४ घण्टा उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

