नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ फागुन ।

कोरोना संक्रमणका कारण विदेशमा थप २ जना नेपालीले ज्यान गुमाएका छन्। यो साता कोरोना संक्रमणका कारण बेलायतमा थप २ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले जनाएको छ।
योसँगै कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३५ पुगेको छ। एनआरएनए अनतर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार हालसम्म कोरोनाको कारण २१ देशमा नेपालीको मृत्यु भएको छ।
विश्वका ५० देशमा कोरोना संक्रमित नेपालीको संख्या ६० हजार १२१ पुगेको छ। संक्रमितमध्ये हालसम्म ९७ प्रतिशत निको भएका छन्।

