प्रतिनिधिसभा विघटन मुद्दामा निवेदकतर्फको जवाफ सकियो, फैसला फागुन दोस्रो साताभित्र

प्रतिनिधिसभा विघटनविरुद्ध दर्ता रिटमा निवेदक पक्षका कानुन व्यवसायी जवाफ दिएर सकेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा आज वरिष्ठ अधिवक्ता शम्भु थापा, शेरबहादुर केसी र रमन श्रेष्ठलगायत ११ जनाले यसअघि सरकार पक्षका वकिलहरूले प्रस्तुत गरेका तर्क र जिज्ञासाको जवाफ दिए ।

यसअघि हिजो आठ कानुन व्यवसायीले निवेदक पक्षबाट जवाफ दिएका थिए । निवेदकतर्फको जवाफ सकिएसँगै भोलिदेखि एमिकस क्युरीले राय दिने छ । दुई वटा बार एसोसिएसनबाट सिफारिस पाँचजना वरिष्ठ अधिवक्ताको राय एमिकसका तर्फबाट इजलासले सुन्नेछ । एमिकसले राय दिएपछि रिटमाथि फैसलाको चरणमा पुग्नेछ ।



तर, बहस नोट पेस गर्न तथा अध्ययनका लागि समय तोकिएमा फैसला आउन केही दिन ढिला हुनसक्ने जनाइएको छ । यद्यपि, फागुन दोस्रो साताभित्र फैसला आउनसक्ने कानुन व्यवसायीहरू बताउँछन् ।

सम्बन्धित समाचार