म्यानमारमा सेना र प्रहरीले दु:ख दिन थालेपछि नागरिकद्वारा रातभर गस्ती

म्यानमारमा सेना, प्रहरी र उनीहरूले खटाएका व्यक्तिहरूबाट पीडित हुन थालेपछि नागरिकहरूले रातभरि गस्ती गर्न थालेका छन् । स्थानीय व्यक्तिहरूलाई सैनिक सरकारले जेलबाट रिहा गरेका व्यक्तिमार्फत् सुराकी गर्ने र तनाव दिन थालेपछि राति गस्ती गर्न थालेको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) समर्थक नेता तथा कार्यकर्ताहरूले बताएका छन् । रातको समयमा पक्राउ गर्ने क्रमसमेत बढेपछि एनएलडीले यसअघि नै रातिको समयमा पक्राउ नगर्न आग्रह गरेको थियो ।

सेनाले नेतृ आङ सान सुकीसहितलाई नजरबन्दमा राखेर सत्ता कब्जा गरेपछि बनेको सैनिक सरकारले सयौँ मानिसहरूलाई बन्दी बनाएको छ । सैन्य ‘कू’ को विरोधमा भइरहेका प्रदर्शनलाई रोक्न सेनाले सहर तथा गाउँमा पसेर प्रभावशाली व्यक्तिलाई पक्राउ गर्न थालेको र यसलाई असफल बनाउन एनएलडीले आफ्ना नेता, शुभचिन्तक तथा मतदातालाई निर्देशन गरेको छ ।



सेनाले जेलमा रहेका कैदीहरूलाई रिहा गरी समुदायमा सैनिक सरकारको पक्षमा अभिमत सिर्जना गर्न पठाइएको चर्चापछि प्रजातन्त्र पक्षधर अभियान्ताहरु गस्तीमा निस्केका एनएलडीले बताएको छ।

सम्बन्धित समाचार