मन्त्रिपरिषद बैठक सम्पन्न, गर्यो महत्वपूर्ण निर्णय

सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिन सक्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठक भारतमा बनेको कोभिसिल्ड भाक्सिन खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को यो निर्णयले तत्काल खोप खरिद गरेर ल्याउने बाटो खुलेको छ । सरकारले सिरम इन्स्टिच्यूटले उत्पादन गरेको २० लाख डोज भ्याक्सिन खरिद गर्ने प्रक्रिया थालेको भए पनि जति मूल्यको खोप खरिद गर्ने हो त्यसको अग्रिम भुक्तानी उक्त कम्पनीले मागेपछि मात्रै ब्याच नम्बर जारी गर्ने अडान राखेका थियो ।



यही समस्या समाधान गर्न मन्त्रिपरिषद्ले बाधा अड्काउ फुकाउ गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । बैठकले विभिन्न पदमा नियुक्ती र बढुवा तथा प्रचण्ड-माधव समूह निकट राजदूतलाई फिर्ता बोलाउने तयारी गरेको बताइए पनि यसबारेको निर्णय सार्वजनिक भएको छैन ।

सम्बन्धित समाचार