नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ फागुन ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्त दिनेश भट्ट विरुद्ध भागरथीका दाइ शंकर भट्टले किटानी जाहेरी दिएका छन् ।
दाइ शंकरले जिल्ला प्रहरी कार्यालय बैतडीमा दिनेशविरुद्ध किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्ला अदालत बैतडीबाट म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान गर्न लागेको प्रहरीले जनाएको छ ।
भट्ट विरुद्ध करणी र ज्यान सम्बन्धी कसुर मुद्धामा म्याद थप हुने प्रहरीले जनाएको छ । ११ बजे पत्रकार गरेर अभियुक्त सार्वजनिक गर्ने भनिएता पनि म्याद थपपछि दिउँसो २ बजे सार्वजनिक गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
