आज देशका यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानको मौसम सामान्यतयास् सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का कुहिरो र हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशााखाले जनाएको छ।

महाशाखाका मौसमविद् मीनकुमार अर्याललका अनुसार दिउँसो पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतयास् सफा रहनेछ। पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।



बेलुकीपख काठमाडौं उपत्यकामा पनि पानी पर्ने संभावना छ। उपत्यका माथिको आकाश बिहानैदेखि धुम्म भएको छ। उपत्यकाको न्यूनतम तापक्रम आज बिहान १२ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो। दिउँसो तापक्रम बढेर २५ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

सम्बन्धित समाचार