लाइभ कार्यक्रम चलाइरहेका सञ्चारकर्मीलाई बन्दुक तेर्स्याएर यसरी लुटियो (भिडियोसहित)

इक्वेडरका एक टेलिभिजन रिपोर्टर र उनको क्यामेरा ‘क्रू’ लुटपाटमा परेका छन् । लाइभ कार्यक्रम सञ्चालन गरिरहेका बेलामा उनीहरू लुटपाटमा परेका हुन् । मास्क लगाएका एक लुटेराले डिएगो ओर्डिनोलालाई बन्दुक तेर्स्याएका हुन् । इक्वेडरको डाइरेक टिभी स्पोर्टस्का यी रिपोर्टर उक्त दिन इसिड्रो रोमियो कार्बो मोनुमेन्टल रंगशालाबाहिर रिर्पोटिङ गर्दै थिए ।

स्थानीय बार्सिलोना एससी फुटबल क्लबको गृह मैदानमा बेसवल क्याप र अनुहारमा मास्क लगाएका एक व्यक्ति उनीसामु आएर बन्दुक तेर्स्याए । यी बन्दुकधारीहरुले क्रूका सदस्यहरुसँग टेलिफोनहरू मागे । त्यसपछि क्रूका एक सदस्यले आफ्नो स्मार्टफोन दिए । त्यो स्मार्टफोन बोकेर उनी टोलीलाई स्तब्ध पार्दै भागे ।



ओर्डिनोलाले ट्वीटरमा शेयर गरेपछि यो भिडियो भाइरल बनेको छ। ‘हामी शान्तसँग काम गर्न पनि सक्दैनौ । आज १ बजे मोनुमेन्टल रंगशालाबाहिरै यस्तो घटना भयो,’ ओर्डिनालाले लेखेका छन् । यस घटनापछि एक क्यामेराम्यानले बन्दुकधारीलाई पिछा गरेका थिए, ती बन्दुकधारी मोटरसाइकलमा पछाडि बसेर भागेका छन् । भिडियोलाई लाखौं पटक ट्वीटरमा मात्रै हेरिएको छ । अन्य सामाजिक सञ्जालमा पनि यो भिडियो भाइरल बनेको छ ।
हेनुहाेस् भिडियो

सम्बन्धित समाचार