मन्त्रिपरिषद् बैठक सम्पन्न, गर्यो यस्तो निर्णय

मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको बैठक आगामी फागुन २३ गतेलाई बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाको बैठक दिउँसो ४ बजे राख्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकमा छलफल भएपनि निर्णय भएको थिएन। आज बसेको मन्त्रिपरिषद् बैठकले औपचारिक रूपमा प्रतिनिधिसभा बैठक बोलाउन सिफारिस गरेको उनले बताए ।



सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सरकारले यसअघि यही फागुन २३ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

सम्बन्धित समाचार