नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ फागुन ।
गायक तथा संगीतकार सञ्जु अमात्यको स्वरमा रहेको भोजपुरी गीत ओठवाली सार्वजनिक भएको छ । अग्नी पराजुलीको शब्द, चन्द्र प्रसाद काफ्लेको संगीत र साहस शाक्यको एरेञ्जमा तयार गीतको भिडियो सार्वजनिक भएको हो ।
एपी एभरेष्ट ईन्टरटेनमेन्ट एलएलसी नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको भिडियोमा दुर्गेस थापा र सोनिका रोकायाले अनस्क्रिन रोमान्स गरेका छन् । शम्भु श्रेष्ठले निर्माण नियन्त्रण हेरेको भिडियोमा सुबोल थापाको नृत्य, नवराज उप्रेतीको छायाँकन, नबिन निरौलाको सम्पादन तथा रंग संयोजन तथा गम्भीर विष्टको निर्देशन रहेको छ ।
गीतकार अग्नी पराजुलीकै प्रस्तुति रहेको गीतको भिडियो राम्रो चर्चा पाइरहेको छ ।
बाँकी भिडियोमा हेर्नुहोस् :
https://www.youtube.com/watch?v=ufkyyhGa6fA