नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ फागुन ।
सिभिल बैंकले मोरङ जिल्ला, सुन्दरहरैचा नगरपालिका वडा नं ९, करदाता सेवा कार्यालय, विराटचोकमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । एक समारोहका बीच उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख विमल सापकोटाले गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एक्सटेन्सन काउन्टरको समुद्घाटन समारोहमा उद्योग वाणिज्य संघ विराटचोकका अध्यक्ष कृष्ण रिजाल, करदाता सेवा कार्यालय विराटचोकका प्रमुख नेत्र घिमिरे, सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग विभागका प्रमुख भोलाबहादुर बिष्ट, सिभिल बैंक प्रदेश नं १ का प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरू, उद्योगी व्यवसायीहरू तथा गन्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
अब सेवाग्राहीहरूले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागसँग सम्बन्धित करहरूको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसँग गर्न सकिने पनि बैंकले जनाएको छ ।