नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ फागुन ।
हिन्दूहरूको महान् पर्व महाशिवरात्रि मेलाको अवसर पारेर सावित्री कंचनजंगा अगरबत्तीले पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनहरूलाई स्याम्पलका रूपमा सावित्री कंचनजंगा अगरबत्ती निःशुल्क रूपमा वितरण गरेको छ । यस उद्योगले पशुपति क्षेत्रका तीन ठाउँमा स्टल राखी अगरबत्ती, खानेपानी तथा क्यापहरू वितरण गरेको थियो ।
सावित्री कंचनजंगा अगरबत्तीले दर्शनार्थीको स्वागतका लागि पशुपति क्षेत्रमा दुईवटा स्वागतद्वार पनि निर्माण गरेको थियो ।
सामाजिक उत्तरदायित्वअन्तर्गत् यस उद्योगले विगत लामो समयदेखि हरेक शिवरात्रि, छट, तीजलगायतका पर्वहरूमा आफ्नो गौरवपूर्ण उपस्थितिसहित सक्दो सेवा दिंदै आएको उद्योगका बजार व्यवस्थापक पुस्कर केसीले बताए । उनले यस मेलामा भक्तजनहरूलाई निःशुल्क अगरबत्ती वितरण गर्नुका साथै प्यासी दर्शनार्थीहरूलाई खानेपानीको व्यवस्था गरिएको र घामबाट बचाउन बालकालिकाहरूलाई क्याप पनि वितरण गरिएको जानकारी गराए ।