कमला मुस्कान
काठमाडौं, २९ फागुन ।
मन्द मन्द मुस्कान
शालिन व्यक्तित्व
हँसिलो अनुहार
बलियो आँत
अनि,
त्यो रातो वर्णको अनुहारले
सधैं सधैं मलाई किन
गिज्याउन खोज्छ,
जिस्क्याउन खोज्छ,
अनि, बोलाउन खोज्दै
किन पछि लाग्छ होला….?!
उमेरले छिप्पिएको
उच्च कदमा सजिएको
व्यवहारिकताले भरिपूर्ण
तर,
खाली खालीझैँ
विना रौंको तालु,
च्युँडो मुनिको बोके दाह्री
हा..हा…हा…..
म फुर्सदको समयमा सम्झिन्छु
अनि खित्का छोडेर हाँसिदिन्छु
उसको अनौठो
अनि मलाई देख्दा..भेट्दा…
ईशारा गरेझैँ पल्याक..पुलुक
वरिपरि नियालेर सचेत हुँदै
खल्तिबाट फुत्त निकालेर
स्वाट्ट आँखामा लगाइहाल्ने
रे’भन कम्पनीको कालो चस्मा…..!!