भारतमा फेरि फैलियो कोरोनाको सङंक्रमण, महाराष्ट्र, यी स्थानमा सुरु भयो लकडाउन

भारतमा केही दिनयता कोरोना भाइरसको सङंक्रमण फैलिँदै गएको छ । गएको २४ घण्टामा भारतमा २६ हजार ५ सय १४ जनालाई कोरोना भाइरसको सङंक्रमण भएको पुष्टि भएको छ ।

यो पछिल्लो तीन महिनायताकै दैनिक सङंक्रमित सङ्ख्याभन्दा सबैभन्दा धेरै भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । यसअघि गएको डिसेम्बरमा २६ हजार ६ सय २४ जनालाई सङंक्रमण भएको पाइएको थियो ।



भारतमा अहिलेसम्म कोरोना सङंक्रमितको सङ्ख्या एक करोड १३ लाख नाघेको छ । भारतमा कोरोनाका कारण एक लाख ५८ हजारभन्दा धेरैको ज्यान गएको छ भने एक करोड १० लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।

यस्तै, अहिलेसम्म दुई करोड ९७ लाख ३८ हजार ४ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । भारतको महाराष्ट्र, कर्नाटक, केरला, पञ्जाब, गुजरातलगायतका विभिन्न ठाउँमा सङंक्रमण बढ्दै गएको पाइएको छ । यी राज्यका विभिन्न ठाउँमा लकडाउन र रात्रिकालीन कर्फ्यु लगाइएको छ । कोरोनाको झण्डै ६० प्रतिशत सक्रिय सङंक्रमित महाराष्ट्रमा पाइएको छ ।

सम्बन्धित समाचार