मुक्तिनाथका ग्राहकहरूले दृष्टि आई केयरमा सुविधा पाउने

मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डबाहक ग्राहकहरूलाई थप सेवा दिन दृष्टि आई केयर सिस्टमसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डबाहक ग्राहकहरूले दृष्टि आई केयर सिस्टमबाट ओपिडि, विभिन्न शल्यक्रिया तथा अन्य सेवाहरूमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् । दृष्टि आई केयर सिस्टमका शाखाहरू बट्टार, टोखा, कलंकी, जमल, चावहिल, नँया बानेश्वर, झापा र बीरगञ्जमा रहेका छन् ।



विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्युआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामंै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको पनि बैंकले जनाएको छ ।

सम्बन्धित समाचार