सिभिल बैंकको नगदरहित अभियान धनगढीमा पनि

सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिंदै धनगढीको दैनिक कृषि उपज हाट बजारका विभिन्न ब्यापारीहरुलाई क्युआर कोड वितरण गरेको छ । उक्त बजारका विभिन्न ब्यापारीहरूलाई सिभिल बैंकको क्युआर कोड वितरण गरी नगदरहित अभियानलाई प्रोत्साहन गरेको बैंकले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक सुवासचन्द्र घिमिरे, बजार व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर चन्द, सिभिल बैंकका सुदूरपश्चिम प्रदेशका प्रमुख दीपक जोशी, शाखा प्रबन्धक संजोग भट्टलगायत सो क्षेत्रका व्यवसायीहरू, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।



कार्यक्रमको उद्घाटनमा बोल्दै प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक सुवासचन्द्र घिमिरेले हाल विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरिहार्य भएको बताए । साथै उनले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रूपमा प्रयोगमा ल्याउनुपर्ने पनि बताए ।

सम्बन्धित समाचार