भारतले किन परिवर्तन गर्यो नेपाल मामिला हेर्ने अधिकारी ?

नेपाल मामिला हेर्ने अधिकारी परिवर्तन भएका छन् । भारतीय विदेश मन्त्रालयले नेपाल मामिला हेर्ने जिम्मेवारी वरिष्ठ अधिकारीमा भारतीय विदेश मन्त्रालयमा प्रवक्ता रहेका अनुराग श्रीवास्तवलाई दिएको हो ।

भारतीय सरकारी समाचार एन्जेसी पीटीआईका अनुसार नेपाल र भुटानको मामिला हेर्ने नर्थ डिभिजनका सहसचिव (नर्थ विंग प्रमुख)को जिम्मेवारी श्रीवास्तवलाई दिन लागिएको छ ।



हाल नर्थ डिभिजनको सहसचिवमा अरिन्बाम बाग्ची छन् । बाग्चीलाई श्रीवास्तवको स्थानमा मन्त्रालयको प्रवक्ता बनाउन लागिएको समाचारमा उल्लेख छ । भारतको विदेश मन्त्रालयले नेपाल मामिलासमेत हेर्ने नर्थ डिभिजनलाई महत्वपूर्ण विभागको रुपमा लिने गर्छ ।

सम्बन्धित समाचार