नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ चैत ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमीआरटी बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरेको छ । शुक्रबार राजधानीको हायात होलटमा आयोजित एक भव्य समारोहका बीच उक्त सम्मान गरेको हो । विश्वका अभिकर्ताहरूको अन्तराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमीआरटी) २०२१ मा सहभागी हुन योग्य भएका आफ्ना अभिकर्ताहरूलाई सम्मान गरेको हो । कम्पनीले खादा, माला, प्रसंशा–पत्र सहित सो सम्मान गरेको थियोे । कम्पनीमा कार्यरत २३८ जना एमीआरटी, २० जना कोर्ट अफ द टेबल र ९ जना टप अफ द टेबल गरी २६७ जना अभिकर्ताहरू मिलियन डलर राउण्ड टेबल (एमीआरटी) २०२१ मा सहभागी हुन योग्य भएको कम्पनीबाट प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरीले स्वागत मन्तव्य व्यक्त गर्दै मिलियन डलर राउण्ड टेबल (एमीआरटी) २०२१ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा कम्पनीका तर्फबाट अभिकर्ताहरूले सहभागीता जनाउन पाउँदा अन्तर्राष्ट्रिय जगत्मा अनुभव साटासाट हुनुका साथै क्षमता विकास र काम गर्ने उत्प्रेरणा प्राप्त हुने बताए ।
त्यसैगरी कम्पनीका उप महाप्रबन्धक उमापति पोखरेलले मिलियन डलर राउण्ड टेबल (एमीआरटी) २०२१ का लागि योग्य भई सहभागिता जनाउने अभिकर्ताहरूलाई बधाई ज्ञापन गर्दै आगामि दिनमा अझ सफलताको सिँढी चढ्दै जान शुभकामना दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई उच्च राख्न अहोरात्र खटिने सम्पूर्ण अभिकर्ताहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनको सफल यात्राका लागि शुभकामना दिँदै समस्यासँग भाग्ने नभई समस्याको सामना गरी डटेर निरन्तर गरिने संघर्षले नै सफलताको शिखर हासिल गर्ने बताए ।
पेशागत बिमा अभिकर्ता संघ नेपालका उपाध्यक्ष तथा बिमक समिति नेपाल लाइफका अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफले अभिकर्ताहरूलाई उत्साह र सम्मानको खाँचो महसुस गरी आयोजना गरिएका यस प्रकारका कार्यक्रमले अभिकर्ताहरूमाझ जोस, जाँगर र उर्जामा अभिवृद्धि भई कम्पनीले नयाँ उचाइ पाउने विश्वास व्यक्त गरेका थिए ।
पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष नन्दप्रसाद तिवारीले नेपाल लाइफलाई अग्रणी र अब्बल बीमा कम्पनीका रूपमा निरन्तर देख्न चाहने हामी अभिकर्ताहरूले एकजुट भई काँधमा काँध मिलाई काम गर्नु पर्ने बताए ।
कार्यक्रममा नेपाल लाइफका वरिष्ठ सहायक महाप्रबन्धक दिग्विजय सिंघल तथा कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक सोन आले मगरले पनि मन्तव्य राखेका थिए भने सहभागीका तर्फबाट बोल्नेहरूले कम्युनिकेसन तथा ब्राण्डिङ विभाग प्रमुख मेघेन्द्रप्रकाश गिरीले कार्यक्रमलाई सफल बनाउनका लागि गरेको रचनात्मक कार्यको प्रसंशा गरेका थिए ।