नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ चैत ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानमा कोरोना संक्रमणको पुष्टि भएको छ । पाकिस्तानका स्वास्थ्य मन्त्रीले प्रधानमन्त्रीमा संक्रमणको पुष्टि भएको बताए ।
६८ वर्षीय प्रधानमन्त्री खान हाल ‘आबासमै अलग्गिएर बसेको’ स्वास्थ्य मन्त्री फैसल सुल्तानले ट्वीटरमा साझा गरेका छन्। राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान समेत रहेका इमरान खान सन् २०१८ को अगष्टमा चुनाव जितेर प्रधानमन्त्री नियुक्त भएका थिए। दुई दिन अघि मात्रै उनले कोभिड १९ विरुद्धको खोप लगाएको बीबीसीले उल्लेख गरेको छ।
महामारीमा पाकिस्तानमा छ लाख २३ हजार १३५ जना संक्रमित भएका छन् । १३ हजार ७९९ जना संक्रमितको मृत्यु भएको छ ।