सिभिल बैंकले ग्लोबल मनी विक मनाउने

सिभिल बैंकले ‘ग्लोबल मनी विक’ को उपलक्ष्यमा ग्लोबल मनी विकको सात दिनमा प्रदेशको रोल क्रमअनुसार विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी मनाउने एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

निर्धारित कार्यक्रम अनुसार चैत्र ९ गते प्रदेश नं १ स्थित अर्किड कलेज, विराटनगरमा, चैत्र १० गते प्रदेश नं २ को जनकपुरमा, चैत्र ११ गते बागमती प्रदेशको धुलिखेल तथा बनेपामा क्रमशः वित्तीय साक्षरता कार्यक्रम तथा टेम्पुहरूमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी गरिने छ ।



यसै गरी चैत्र १२ गते गण्डकी प्रदेशको बेगनास ताल डुंगा व्यवसायी संघमा, चैत्र १३ गते लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरमा, चैत्र १४ गते कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा र चैत्र १५ गते सुदुर पश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा र भजनीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने छ ।

वित्तीय साक्षरता कार्यक्रमहरूमा बैंकले अहिलेको डिजिटल युगमा विभिन्न विद्युतीय कारोवारको माध्यमहरूका फाइदाहरूका बारेमा श्रव्य दृश्य सामग्रीसहितको प्रस्तुति गरिने बैंकले जनाएको छ । साथै, बैंकले आफ्नो सामाजिक संजालमार्फत सात प्रमुख विद्युतीय माध्यमहरू जस्तै मोबाइल एप, क्यू आर कोड, एटिएम, ईन्टरनेट बैंकिंग, कनेक्ट आइपियस, पिओयस र डिजिटल वालेटको बारेमा चेतनामूलक सामग्रीहरूको प्रसारण गर्ने योजना रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार