उपत्यकामा चरम वायु प्रदूषण, स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो आग्रह

मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकामा चरम वायु प्रदूषण देखिएको छ । प्रदूषणले श्वासप्रश्वासमा कठिनाइ हुने भन्दै स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन सचेत गराएको छ ।

स्वास्थ्य मन्त्रालयले घर बाहिर खुलास्थानमा नबस्न, नखेल्न, मर्निङवाकमा ननिस्कन अपिल गरेको छ । साथै बालबालिका, दीर्घ रोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि भनिएको छ ।



मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै घर बाहिर निस्कनुपरे कोभिडका लागि तोकिएको जनस्वास्थ्य मापदण्ड पालना गर्न, धूलो, धुँवा उड्ने खालका पेसा, व्यवसाय र निर्माण कार्यलाई स्थगन गर्न अपिल गरे । अत्यावश्यक नभई सवारी साधन नचलाउन स्वास्थ्यले अपिल गरेको छ ।

सम्बन्धित समाचार