नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ चैत ।
सिभिल बैंक र आइसनबीच सहकार्य गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंगका प्रमुख भोलाबहादूर विष्ट तथा आइसनका तर्फबाट कन्ट्री विजिनेस डेभलपमेन्ट म्यानेजर आरती श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौतापत्र अनुसार सिभिल बैंकका कर्मचारी, ग्राहक तथा सम्बन्धित परिवारले आइसनसँग आबद्ध सात राष्ट्रहरूमा अनुबन्धित ६४ अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूमा औषधोपचार गराउँदा तथा स्वास्थ्य परामर्श लिँदा प्रथम पटक ७ प्रतिशत तथा दोस्रो पटकदेखि थप ५ प्रतिशत समेत गरी कूल १२ प्रतिशत छुट पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आइसनअन्तर्गतका सात मुलुकहरूमा भारत, थाइल्याण्ड, मलेसिया, सिंगापुर, इजिप्ट, अमेरिका र बेलायत पर्दछन् ।