सारा खानलाई फ्यानहरुको प्रश्न: शरीरमा कसरी अडियो लुगा ?

बलिउड अभिनेत्री सारा अलि खानले हालै नयाँ डिजाइनको लुगाहरु लगाएर सामाजिक संजालमा पोस्ट गरेकी छिन्। मनिष मल्होत्राको डिजाइनमा बनाइएको स्टाइलिस कपडा लगाएर साराले फोटोसुट गरेकी हुन्। धेरै तस्बिरमध्ये एक तस्बिर भने यतिबेला खुबै चर्चामा छ।

साराको सेतो ब्लाउजसहितको ड्रेस भाइरल बनेको हो। उक्त तस्बिर पोस्ट भएसँगै उनका फ्यानहरुले सो लुगा कसरी शरीरमा अडियो भनेर प्रश्न गरिरहेका छन्।



साराले सोही ड्रेसमा एउटा भिडिओ पनि सार्वजनिक गरेकी छिन् जहाँ उनको ड्रेस कसरी अडिएको रहेछ भनेर प्रस्ट देख्न सकिन्छ।

सम्बन्धित समाचार