फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो लिटरको ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य दुईरदुई रुपैयाँका दरले बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय २० रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय तीन रुपैयाँ पुगेको छ ।



यस्तै आन्तरिक हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

सम्बन्धित समाचार