कोरोना संक्रमण पुष्टि भएको दोस्रो दिन अस्पताल भर्ना भए अक्षय कुमार

बलिउड अभिनेता अक्षय कुमार कोरोना संक्रमित भएको दोस्रो दिन अस्पताल भर्ना भएका छन् । सामाजिक सञ्जालमा जानकारी गराउँदै अक्षयले लेखेका छन्, ‘मेरो स्वास्थ्य ठीक छ तर चिकित्सकको सल्लाहमा अस्पताल भर्ना भएको हुँ । आशा छ, छिट्टै घर फर्किनेछु ।’

एक दिन अगाडि अक्षय कुमारले इन्स्टाग्राममा आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए । उनले लेखेका थिए, ‘म कोरोना संक्रमित भएको छु । सबै नियम पालना गरेर आइसोलेसनमा बसिरहेको छु । होम क्वारेन्टिनमा छु । र औषधि पनि खाइरहेको छु ।’



भारतमा पछिल्लो २४ घण्टाभित्र थप ‍१ लाख ३ हजार ७९३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो ।

सम्बन्धित समाचार