कोरोनाविरुद्ध दोस्रो डोजकाे खोप वैशाख ७ देखि‚ कसको पालो कहिले ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोजको कोरोनाविरुद्धको खोप दिने भएको छ।  स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को बैठकले पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा खोप लगाएका व्यक्तिलाई दोस्रो डोज खोप दिने निर्णय गरेको हो।

स्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउने मिति र केन्द्रको सूची सार्वजनिक गरेको छ।



कार्यालयका अनुसार माघ १४ देखि फागुन १० गतेसम्म जुन खोप केन्द्रमा खोप लगाइएको हो सोही केन्द्रमा पुगेर खोप लगाउनु पर्नेछ। खोप केन्द्रमा बिहान १० देखि ४ बजेसम्म लगाइने छ।

कसको पालो कहिले ?

सम्बन्धित समाचार