नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ चैत ।
कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेकाका लागि दोस्रो डोज लगाउने मिति सार्वजनिक भएको छ। आज स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड खोपको दोस्रो डोज लगाउने स्थान र मिति सार्वजनिक गरेको हो।
वैशाख ७ देखि ११ गतेसम्म राजधानीका विभिन्न १९ अस्पतालमा कोभिड खोपको दोस्रो डोज लगाउन सकिनेछ।
गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई दोस्रो डोज लगाउन लागिएको हो।