नवकान्तिपुर संवाददाता
काठमाडौं, १ वैशाख ।
नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाले २६५ जना कर्मचारीको माग गरेको छ । बजार प्रतिनिधिको रूपमा देशका विभिन्न ठाउँमा बजार प्रतिनिधि पदमा काम गर्न कम्पनीले कर्मचारीले माग गरेको हो ।
यसअन्तर्गत काठमाडौं, पोखरा, बुटवल, चितवन, विराटनगर, नेपालगञ्ज, धनगढी, दमक, धरान, हेटौंडा, बागलुङ, लाहान, राजविराज, दाङ, सुर्खेत, विर्तामोड र वीरगञ्जमा काम गर्न कर्मचारी माग गरिएको हो ।
कम्पनीले योग्य आवेदकलाई १० दिन भित्र आफ्नो बायोडाटा (सीभी) मेल गर्नको लागि आग्रह गरेको छ। कम्पनीले यसको पदको लागि आकर्षक पारिश्रमिक सुनिश्चित गरिएको र घरै बसेर आफ्नो अनुकुल समयमा काम गर्न सक्ने जनाएको छ । एसईई वा एसएलसी उतिर्णले यसमा आवेदन दिन सक्ने छन् । यो काम घरमै बसेर पनि गर्न सकिने इसेवाले जनाएको छ ।