काठमाडौंमा ह्वात्तै बढ्यो कोरोना भाइरसको संक्रमण

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण दर बढेको छ । नेपालभर आरटीरपीसीआर परीक्षणमा कोरोना भाइरसका १ हजार १५ जना संक्रमित र एन्टिजेन परीक्षणमा ८१ जनामा पोजिटिभ पाइएकोमा उपत्यकामा मात्रै ४३५ जना संक्रमित पहिचान भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा काठमाडौं जिल्लामा ३२३ जना, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जनाको संक्रमण पुष्टि भएको जनाएको छ ।



यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट आठ जनाको ज्यान गएसँगै अहिलेसम्म कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ८३ पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार