कमेडी च्याम्पियनका को-कसमा देखियो कोरोना पोजेटिभ, नयाँ श्रृंखला नआउने !

प्रतियोगीलाई कोरोना पोजेटिभ भएपछि यो हप्ता कमेडी च्याम्पियनको नयाँ श्रृंखला नआउने भएको छ । प्रतियोगी श्रेया सुवेदीलाई कोरोना पोजेटिभ भएको हो ।

‘शंका लागेर परीक्षण गर्दा श्रेयाको रिपोर्ट पोजेटिभ आयो । केकी अधिकारी र रिमा विश्वकर्माको नेगेटिभ आएको छ,’ कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले भने, ‘हामी अहिले सबैजना होटल बगैंचामा छौं । कोरोना परीक्षणको रिपोर्ट नआएसम्म बाहिर ननस्किने भनेर यहीँ बसेका छौं ।’



उनले यो हप्ता कमेडी च्यापियनको पुरानै श्रृंखला प्रशारण हुने तर अर्को हप्ता भने नयाँ श्रृंखला आउने जानकारी दिए ।

सम्बन्धित समाचार