हेटौंडामा आजदेखि जोरबिजोर प्रणाली लागू

हेटौंडामा आजदेखि गाडीमा जोरबिजोर प्रणाली लागू हुने भएको छ। हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी र सार्वजनिक सबै गाडीमा जोरबिजोर प्रणाली लागू हुँदैछ।

हेटौंडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै गाडीमा जोरबिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।



जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि आजदेखि हेटौँडामा निजी तथा सार्वजनिक गाडीमा जोरबिजोर प्रणाली लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको भनाइ छ ।

हेटौंडामा कोरोना सङ्क्रमण तीव्ररुपमा बढिरहेको छ । यस्तै आजदेखि मकवानपुर भरको पर्यटकीय क्षेत्र पार्क र वनभोजस्थल समेत बन्द गर्ने निर्णय भएको छ । सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

सम्बन्धित समाचार