महंगोमा कुखुराको मासु बेच्ने बालाजु चिकेन हाउसलाई कारबाही, ५० हजार रुपैयाँ जरिवाना

कुखुराको मासुमा मूल्यवृद्धि गरी बिक्री गर्ने मासु पसललाई बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ । विभागले सोमवार बजार अनुगमनका क्रममा मूल्यवृद्धि गरी बेचेको पाइएपछि बालाजु चिकेन हाउसलाई ५० हजार रुपैयाँ जरिवाना गराएको हो ।

विभागले बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऎन २०७५ को दफा २०(२) विपरीत व्यापारिक क्रियाकलाप गरेको पाइएकोले जरिवाना गरेको जानकारी दिएको छ ।



बजारमा कुखुराको मासुको मूल्य निकै आकाशीए पछि विभागले अनुगमन गरेको जनाएको छ । बजारमा अहिले व्यवसायीहरूले कुखुराको मासुको मूल्य प्रति केजी ४ सय ५० रुपैयाँभन्दा बढी लिँदै आएको पाइएको छ ।

सम्बन्धित समाचार