नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ वैशाख ।
मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्वअन्र्तरगत दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ । यस संस्थाले व्यास नगरपालिका विभिन्न वडाहरूका नगरवासीहरूलाई खानेपानी उपलब्ध गराउँदै आएको छ ।
यस सहयोगबाट सोही संस्थाले जनजिवनमा अझ शुद्ध र सफा खानेपानी उपलब्ध गराउन, पानी टङ्की संरक्षण गर्न, अनधिकृत व्यक्ति तथा जनावरको प्रवेश र प्रदुषणबाट जोगाउन जस्ता उद्देश्यले हाल व्यास –४ जुडिपानीस्थित रहेको खानेपानी प्रशोधन केन्द्रमा आवश्यक तारबार गर्ने भएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै यस सहयोगबाट त्यस क्षेत्रका नागरिकको हितमा काम हुने विश्वास लिएको विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिजा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरेको पनि जनाइएको छ ।