राष्ट्रपतिलाई साक्षी राखेर ओलीसँग सहमति भएकोबारे माधव नेपालले दिए यस्तो प्रतिक्रिया

नेकपा एमाले नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँग कुनै सहमति नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेपालले २८ फागुनको निर्णय सच्याउँदै पार्टी कमिटीलाई २ जेठ २०७५ को स्थितिमा नल्याएसम्म सहमति नहुने बताएका छन् ।

आफू वार्ताका लागि लचक हुन तयार रहेपनि आफ्नो बटमलानलाई भने नछोड्ने उनको भनाइ छ । ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकि यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौँ, तर अहिलेसम्म कुनै सहमति भएको छैन,’ नेपालले भनेका छन्, ‘२०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो ।’



यसअघि राष्ट्रपतिलाई साक्षी राखेर प्रधानमन्त्री ओली र नेपालबीच सहमति भएको खबर सार्वजनिक भएका थिए । अध्यक्ष ओली र नेपालबीच शुक्रबार थापाथलीस्थित पार्टी कार्यालयमा छलफल हुँदैछ ।

सम्बन्धित समाचार