एमाले विवाद मिलाउने अन्तिम कसरत, बालुवाटारमा छलफल जारी

नेकपा एमालेभित्रको विवाद मिलाउनको लागि माधव नेपाल पक्षका चार नेतासहितको छलफल बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल पक्षबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई र सुरेन्द्र पाण्डे छन् । यस्तै, ओली पक्षबाट इश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

ओलीले शुक्रबार बिहान नेपाल पक्षका विष्टसँग छलफल गरेका थिए। यस्तै, विहीबार ओलीले भुसाल र भट्टराईसँग छलफल गरेका थिए। ती दुवै छलफलपछि पार्टी विवाद मिलाउन अहिले छलफल भइरहेको हो ।



स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नेपाल पक्षका ४ जना नेतालाई गरेको कारवाही फिर्ता लिने समेत संकेत गरेका छन् । नेपाल पक्षले २०७७ जेठ २ गतेकै अवस्थामा फर्कनुपर्ने सर्त सारेको छ। त्यसलाई ओलीले मानेका छैनन् ।

सम्बन्धित समाचार