महन्थले मध्यरातमा विज्ञप्ति निकालेपछि बाबुरामले फर्काए यस्तो जवाफ

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले वैकल्पिक शक्ति हुनुको नाताले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउने बताएका छन् ।

उनले बल दलहरूको कोर्टमा आएको छ बताउँदै अहिले सरकारको मात्र नभई मुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्नु भएको बताएका छन् । पार्टीका अध्यक्ष महन्थ ठाकुरले मध्यरातमा विज्ञप्ति निकालेर विपक्षी गठबन्धनमा नलाग्ने बताएपछि भट्टराईले राजपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउने बताए ।



मंगलवार ट्वीट गर्दै उनले लेखेका छन्,’अब बल दलहरूको कोर्टमा आएको छ। प्रश्न एक थान सरकारको मात्र हैन । मुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु हो। त्यस निम्ति सबै संकिर्ण दलीय/गुटीय सोचभन्दामाथि उठ्नैपर्छ । वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ!’

सम्बन्धित समाचार