कोरोनाले २२५ जनाको मृत्यु, नौ हजार ४८३ संक्रमित थपिए

देशभर कोरोनाले एकैदिन २ सय २५ जनाको मृत्यु भएको छ । यो अहिलेसम्मकै धेरै संख्या हो । यसअघि हिजो १ सय ३९ र अस्ति ८८ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाले मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । गत २४ घण्टामा ९ हजार ४ सय ८३ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।



सम्बन्धित समाचार