नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ वैशाख ।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह राजीनामाको निचोडमा पुगेको छ । उक्त समूहले सम्भवतः छिट्टै यसबारे निर्णय लिने बताइएको छ । त्यसको संकेत बुधबार बिहान घनश्याम भुसालले गरिसकेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आत्मसमर्पण गर्न नसकिने प्रष्ट्याएका छन् ।
भीम रावल पनि त्यही मान्यतामा उभिएका छन् । उनले बुधबार माइक्रो ब्लगिङ साइट ट्विटरमा लेखेका छन्, ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ ।’
‘यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ,’ उनले थप व्याख्या गरेका छन्, ‘यो राजनीतिक नैतिकता र कानुनी दृष्टिले धेरै उचित छ ।
