नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ वैशाख ।

दोस्रोपटक मुख्यमन्त्री भएलगत्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड कोषलाई चार करोड रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेका छन् ।
पदभार गरेलगत्तै उनले यस्तो निर्णय गरेका हुन् । गुरुङ दोस्रो पटक मुख्यमन्त्री भएपछिको यो पहिलो निर्णय हो ।
निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले दिएको फाइलमा मुख्यमन्त्री हस्ताक्षर गरेर उनले सो निर्णय गरेका हुन् । संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
