नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० वैशाख ।

असन्तुष्ट पक्षका सांसदको राजीनामा रोक्न एमालेका अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता विष्णु पौडेल बिहानै वरिष्ठ नेता माधव नेपालको निवास (कोटेश्वर) पुगेका छन्। अहिले वरिष्ठ नेता नेपाल र नेता पौडेलबिच छलफल जारी छ।
अहिले वरिष्ठ नेता नेपाल र नेता पौडेलबिच छलफल जारी छ। नेपाल पक्षको आजै जुम स्थायी समिति बस्ने तयारी भइरहेका बेला पौडेल नेपाललाई भेट्न गएका हुन् ।
नेपाल पक्षका सांसदहरूले राजीनामा दिने तयारी गरिरहेका छन् । उनीहरुको राजीनामा रोक्न पौडेलले सक्रियता बढाएका हुन् । आजै नेपाल पक्षका सांसदहरूको राजीनामा नआए बहुमत सरकार दाबी गर्ने काङ्ग्रेसको योजना असफल हुनेछ ।
