आठ हजार ९६० मा कोरोना भाइरस संक्रमण पुष्टि, २१४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

यसअघि बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ को मृत्यु भएको थियो ।



यो अवधिमा ५ हजार ५५ जना संक्रमण मुक्त भएको मन्त्रालयको तथ्यांक छ।

सम्बन्धित समाचार