
प्रधानमन्त्री केपी ओली र एमाले वरिष्ठ नेता माधव नेपाल समूहबीच नेकपा एमालेलाई माओवादीसँग एकताअघि ०७५ जेठ २ कै अवस्था वरपर पुर्याउने सहमति भएको छ । शुक्रबार राति सिंहदरबारमा भएको वार्तामा यस्तो सहमति भएको हो ।
साथै वार्तामा माओवादी छाडेर आएका २३ नेतालाई पनि त्यसैमा समेट्ने सहमति भएको छ । सहमतिलाई लिखित रुप दिन पनि ओली तयार भएका छन् ।
दुईतिरबाट पाँच पाँच जनाको साथमा दुई शीर्ष नेताले थालेको वार्ता अन्य विवादित विषयमा पनि सकारात्मक दिशातर्फ उन्मुख भएको सहभागी नेताहरुले बताएका छन् । समस्या समाधानार्थ एउटा कार्यदल बनाउने विषयमा दुवै पक्ष सहमत भएका छन् ।
