नाै हजार २४७ जनामा संक्रमण पुष्टि, थप २१४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ भने आजमात्रै ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ ।



यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ भने निको हुने संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।

 

सम्बन्धित समाचार