माधव नेपाललाई भेट्न गएका बादल निराश भएर फर्किए, के भने नेपालले ?

एमाले वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्नो उम्मेदवार खिमलाल देवकोटा रहेको स्पष्ट पारेका छन् । राष्ट्रियसभा उपनिर्वाचनका लागि सहयोग माग्न कोटेश्वरस्थित नेपाल निवास पुगेका गृहमन्त्री रामबहादुर थापा बादललाई आफूले सहयोग गर्न नसक्ने जवाफ दिएका हुन् ।

आफूले नै खिमलाललाई अघि सारेकाले अब बेइमानी गर्न नसक्ने समेत नेपालले बताएको उनीनिकट एक स्थायी कमिटी सदस्यले बताए। स्रोतका अनुसार बादलले नेपालसँग मतदातालाई विवेकको मत प्रयोग गर्नबाट नरोकिदिनुस् भनेर समेत भनेका थिए । जवाफमा नेपालले विवेक त मतदाता आफैंले प्रयोग गरिहाल्छन् भनेर भनेका थिए ।



ती स्थायी कमिटी सदस्यका अनुसार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत नेपाललाई बादललाई सघाउन भनेका थिए। नेपालले बादललाई आफूबाट भर नपर्न समेत भनेका छन् ।

‘जेठ ६ गते बागमती प्रदेशका लागि हुने राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका तर्फबाट बादल उम्मेदवार बनेका छन् । त्यस्तै, विपक्षी गठबन्धनले खिमलाल देवकोटालाई उम्मेदवार बनाएका छन् । देवकोटलाई एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहको समेत सहयोग छ ।

सम्बन्धित समाचार