राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज साँझ भएको वार्तामा राष्ट्रपति र प्रधानमन्त्रीबीच संसद् अधिवेशन आह्वान गर्नेबारे छलफल भएको बताइएको छ ।

साथै सोमबार मन्त्रीपरिषद्ले गरेको निर्णयबारे पनि प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराएका थिए ।



सरकारले विश्वासको मत प्राप्त नगरी बजेट ल्याउन नमिल्ने भएपछि प्रधानमन्त्री ओलीले छिट्टै विश्वासको मत लिने तयारी गरेका छन् ।

सम्बन्धित समाचार