आज किन बस्न सकेन एमाले कार्यदलको बैठक ?

नेकपा एमाले भित्रको विवाद समाधान गर्न गठित कार्यदलको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । बुधवार बेलुकी ७ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको नेता सुवास नेम्वाङले जानकारी दिए। बैठक विहीबार बेलुकी ५ बजे बस्ने नेता नेम्वाङले बताए ।

कार्यव्यस्तताका कारण सबै सदस्य उपस्थित हुन नसक्ने भएकाले आजको बैठक सरेको उनले बताए । यद्दपी राष्ट्रियसभाको उपनिर्वाचनमा कसलाई सघाउने भन्नेमा एकमत नभएकोले कार्यदलको बैठक बस्न नसकेको स्रोतको दाबी छ । यसअघि कार्यदलको पहिलो बैठक मंगलबार पनि बसेको थियो । बैठकले कार्यदलको आचारसंहिता, कार्यक्षेत्र निर्धारण गर्नेलगायत निर्णय गरेको थियो ।



कार्यदलमा ओली पक्षबाट नेम्वाङसँगै नेताहरु प्रदीप ज्ञवाली, विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल रहेका छन् भने नेपाल पक्षबाट रावलसँगै नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

सम्बन्धित समाचार