नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ जेठ ।
मुक्तिनाथ विकास बैंकले ग्राहकहरूको सुविधाको लागि मिस्ड कल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
ग्राहकहरूले यस मिस्ड कल बैंकिङ्ग सेवाबाट बैंकको निक्षेप तथा कर्जा सम्बन्धी सेवाहरूको बारे सजिलै जानकारी लिन सक्ने जनाइएको छ । यो सुविधा लिन ग्राहकहरूले निक्षेपसँग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२२ मा र कर्जासँग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२३ मोबाइल नम्बरमा बैंकको कार्यालय समयभित्र मिस्ड कल गर्नुपर्ने छ र केही समयमै बैंकबाट ग्राहकहरूको जिज्ञासाको लागि सोही नम्बरमा सम्पर्क गरी चाहेको जानकारी उपलब्ध गराइने बैंकले जनाएको छ ।
यसै गरी डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिजा नेटवर्कअन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था पनि गरिएको पनि जनाइएको छ ।