लायन्स क्लब अफ काठमाडौं समर्पणको अनुकरणीय कार्य: कोभिड एचडियु वार्डको हस्तान्तरण

मित्रपार्कस्थित नेपाल भारत मैत्री अस्पतालमा लायन्स क्लब अफ काठमाडौँ समर्पणको सहयोगमा विहीबारदेखि १५ शैयाको कोभिड एचडियु वार्ड सञ्चानमा आएको छ । लायन्स क्लब अफ काठमाडौँ समर्पणले दुईवटा हाइफ्लो मेसिनलगायत अन्य मेसिनहरू कोभिड बिरामीहरूले निःशुल्क रूपमा सेवा लिन सकुन् भनेर अस्पताललाई प्रदान गरिएको लायन्स समर्पणका अध्यक्ष दीपक बंसलले जानकारी दिए ।

कोभिड १९ को दोस्रो लहरले नेपालमा पनि निकै असजिलो अवस्था सृजना गरेकोले आवश्यकताअनुसार अझै जीवन रक्षक उपकरणहरू उपलब्ध गराउँदै जाने पनि लायन्स क्लब अफ काठमाडौँ समर्पणका उपाध्यक्ष लभेन्द्रसिंह मल्ल र सचिब अखिल अग्रवालले जानकारी गराए ।



अहिलेको संकटपूर्ण घडीमा सबैले आ–आफ्नो स्थानबाट कोभिडसँग लड्न एक जुट हुन आह्वान गर्दै लायन्स क्लब समर्पणसँग सहकार्य गरेर अझै नयाँ कोभिड वार्ड खोल्ने कार्य समेत भइरहेको अस्पतालका प्रबन्ध निर्देशक पवन पाठकले जानकारी गराए ।

सम्बन्धित समाचार