
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो दलले जारी गतिरोधको निकास दिने दाबी गरेका छन् ।सिंहदरबारमा आफ्नो पक्षका सांसदहरुसँग छलफल गर्नुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ठाकुरले मध्यान्ह १२ बजे अर्का अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुसँग छलफल हुने बताए ।
उनले अघि भने, ‘जारी गतिरोधको हामी निकास दिन्छौं ।’ आफैले नेतृत्व पाए सरकारमा जाने निर्णय जसपाले यसअघि नै गरेको उनको प्रतिक्रिया थियो ।
ठाकुरले सवै पक्षबाट परिपक्क प्रस्ताव आउने क्रम जारी रहेको र सााझ ५ बजेसम्म निकास दिनमै आफूहरु सक्रिय भएको बताए । प्रधानमन्त्री बन्ने बारे ठाकुरले आफूहरुसँग बहुमत नभएको अन्य दलमा भर पर्ने प्रतिक्रिया दिए ।
